मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

शिक्षकको आन्दोलनमा सभामुखको चासो- विधेयकको प्रगति र मागबारे थाले छलफल

शिक्षकका मागबारे सरकार र समितिलाई सभामुखको गम्भीर ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं।आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी र संसदीय समितिको प्रगतिबारे सभामुखले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र संघीय संसदको शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग छलफल गर्नुभएको छ।

भेटमा शिक्षा मन्त्री भट्टराईले शिक्षकसँगको संवादक्रममा मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयहरू तत्काल लिइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको छ। साथै, शिक्षकको सेवा–सुविधा सम्बन्धी विषय अर्थ मन्त्रालयसँग जोडिएकाले उपप्रधान तथा अर्थमन्त्रीसँग पनि छलफल भइसकेको उहाँले बताउनुभयो।

उपसमितिका संयोजक विश्वकर्माले शिक्षा विधेयकका १६३ दफामध्ये हालसम्म ८२ वटा दफामा छलफल सम्पन्न भइसकेको र बाँकी दफामा पनि तोकिएको ३५ दिनभित्र निष्कर्षमा पुगेर प्रतिवेदन पेस गरिने जानकारी दिनुभयो।

सभामुखले शिक्षकका मागप्रति गम्भीर ध्यान दिँदै सरकार र समितिलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार