असार २२, २०८२ आइतबार July 6, 2025

चाँदी तस्करीमा सर्वाधिक खोजिएका इल्ताफ पर्साबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रहरीले काठमाडौंको सुन्धारामा बरामद गरेको साढे १४ किलो चाँदी तस्करीमा संलग्न समूहका मुख्य नाइके इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ । पर्सा प्रहरीको टोली र अपराध अनुसन्धान महाशाखा काठमाडौंबाट गएको टोलीले उनलाई मोटरसाइकलमा जाँदै गरेको अवस्थामा बिहीबार पर्साको प्रस्टोकाबाट पक्राउ गरेको हो ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डिआइजी धीरजप्रताप सिंहले इल्ताफलाई पछ्याउँदै जाने क्रममा पर्सास्थित सडकबाट पक्राउ गरिएको बताए । ‘चाँदी तस्करका नाइके इल्ताफ पक्राउ परेका छन् । उनी गाउँमै लुकेर बसेको सूचना प्राप्त भयो । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई पछ्याइरहेको थियो,’ डिआइजी सिंहले भने, ‘पछ्याउने क्रममा मोटरसाइकलमा गइरहेको अवस्थामा फेला परे । नियन्त्रणमा लिएर सोधपुछ ग¥यौँ, चाँदी तस्कारका नाइके उनै रहेको पुष्टि भयो ।’

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार प्रहरीले पछ्याइरहेको सूचना पाएपछि उनी मोटरसाइकलमा भारततर्फ भाग्ने तयारीमा थिए । अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले निगरानीमा राखेको थियो । भाग्ने निश्चित भएपछि मोटरसाइकल नम्बरसहित महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सालाई खबर गरेका थियो । लगत्तै खटिएको पर्सा प्रहरीको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सामा लगेर सोधपुछ गर्दा उनी सर्वाधिक खोजी गरिएका इल्ताफ नै रहेको पुष्टि भएको डिआइजी सिंहले बताए । त्यसलगत्तै थप अनुसन्धानका लागि उनलाई महाशाखाका टोलीले काठमाडौैं ल्याएको छ ।

यसअघि प्रहरीले उनीसँगै तस्करीमा संलग्न विजय पटेल, देवान पटेल, निलेस सखिया र मनीष मल्लिकलाई पक्राउ गरेको थियो । उनीहरूलाई सघाउने दुई प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । इल्ताफ पर्साकै बासिन्दा हुन् ।

युुनुससँग जेलमै नियमित भेटघाट

प्रहरीका अनुसार पक्राउ परेका इल्ताफको भारतीय जाली नोट कारोबारमा केन्द्रीय कारागार सुन्धारामा रहेका युनुस अन्सारीसँग नियमित भेटघाट हुने गरेको खुलेको छ । युनुसलाई भेट्न इल्ताफ कारागारमै पुग्ने गरेका थिए । नियमित भेट्न कारागार पुग्ने उनले प्रवेश गेटको आगन्तुक पुस्तिकामा भने फरक–फरक परिचय लेखाउने गरेका अनुसन्धानबाट खुलेको छ ।

१३ साउनको दरबारमार्ग चाँदी तस्कर घटनाको आसपासका मितिमा भने उनले अन्सारीलाई नभेटेको जनाएको छ । भारतीय नोट तस्करीपछि युनुसकै निर्देशनमा इल्ताफले सुनचाँदी तस्कर गर्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । ‘इल्ताफको युनुससँग नियमित भेट हुने गरेको देखिन्छ । यसक्रममा दुईजनाबीच तस्करको सम्बन्धमा छलफल हुने गरेको देखिन्छ,’ ती प्रहरी अधिकृतले भने, ‘पछिल्लोपटक भएको चाँदी तस्करीमा पनि कहीँकतै युनुसको संलग्नता भएको देखिन्छ । तर, यसआसपास भने उनले युनुसलाई भेटेको देखिँदैन । केही अवधिअघिको रेकर्ड हेर्दा नियमित सम्पर्क भएको देखिन्छ ।’

चाँदी गुजरात लैजाने तयारी

प्रहरीका अनुसार सुन्धारामा बरामद गरिएको चाँदी भारतको गुजरात लग्ने तयारीमा थिए । चाँदीको बिस्कुटमा सुनको जलप लगाई तस्करी गर्न खोजिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए । ‘गुजरातमा सुनका बिस्कुट बैठक कोठामा राख्ने चलन रहेछ । यसरी राख्ने सुन सक्कली नै हो भनेर कसैले सोध्ने कुरो भएन । तर, बैठककोठामा सुन छ भन्ने भयो,’ एसएसपी थापाले भने, ‘त्यसैका लागि सुनको जलप लगाइएको चाँदी खरिद गर्ने चलन रहेछ । यसमा खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई जानकारी हुने रहेछ । सुन्धारामा बरामद चाँदी पनि यही प्रयोजनमा लैजान लागिएको अनुसन्धानमा देखिन्छ ।’

युनुसका चेला हुन् इल्ताफ 

चाँदी तस्करीमा संलग्न मुख्य अभियुक्त पर्साका इल्ताफ हुसेन अन्सारी युनुसकै पूर्वसाझेदार भएको पाइएपछि प्रहरीले अनुसन्धानको सुई त्यता केन्द्रित गरेको हो । इल्ताफले यसअघि नक्कली भारतीय रुपैयाँ तस्करी काण्डमा जेल सजाय भुक्तान गरेका थिए । प्रहरीका अनुसार युनुस र इल्ताफले संयुक्त रूपमा नक्कली भारतीय रुपैयाँको कारोबार गरेका थिए । युनुसकै छत्रछायामा इल्ताफ नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको प्रहरीको दाबी छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘अनुसन्धान विभिन्न कोणबाट हुन्छ । त्यसमध्ये एउटा कोण युनुसतर्फ केन्द्रित भएको साँचो हो । तथ्य के आउला त्यो पछिको कुरा हो ।’ विगतमा इल्ताफ र युनुस नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न रहेको पुष्टि नै भएको उनको भनाइ छ । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार