श्रावण ६, २०८२ मंगलबार July 22, 2025

दोलखामा आज रातिदेखि भदौ ६ सम्म लकडाउनको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखा जिल्लामा आगामी भदौ ६ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको छ ।

आज साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

जिल्लाका केही स्थानीय तहमा समेत कोभिड-१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनु भयो ।

भोलि बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार