श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेकपा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ ।

दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन । नेकपाभित्र देखिएको गतिरोध अन्त्य गर्न ६ सदस्यीय कार्यदल गठन भएको छ।

अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको हो।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा तीनवटै ठूला गुटबाट दुई दुईजना प्रतिनिधित्व हुने गरी बनाइएको छ। जसमा ओली पक्षबाट महासचिव पौडेल र शंखर पोखरेल रहेका छन्।

अर्का अध्यक्ष प्रचण्ड पक्षबाट जर्नादन शर्मा र पम्फा भुषाल एवं वरिष्ठ नेता मावधकुमार नेपाल पक्षबाट नेता डा. भीम रावल र सुरेन्द्र पाण्डे रहेका छन्।

दुई अध्यक्षकै छलफलबाट निकास दिनुपर्ने बताउँदै आए पनि प्रचण्ड सहमत नभएपछि नेपाल पक्षको समेत समान हैसियत रहने गरी कार्यदल बनाउन अध्यक्ष ओली तयार भएका हुन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा दुई अध्यक्षको निर्णयबाट भएकाले अहिले पनि त्यसैअनुसार मात्र बढ्नु पर्ने अडानबाट ओली पछि हटेका छन्।

दुई अध्यक्षसहित दोस्रा तहका नेताहरुको छलफलबाट निकास ननिस्किएपछि कार्यदल नै बनाएर विवाद समाधानको उपाय खोजिएको हो। एक सदस्यका अनुसार कार्यदललाई सहमतिको खाका तयार पार्ने जिम्मेवारी दिइएको छ।

तर कति समयमा काम सक्ने भन्नेबारे बुझ्न बाँकी रहेको उनले बताए। देश सञ्चारसँग कुरा गर्दै ती सदस्यले भने, ‘कार्यदल गठन भयो र म पनि सदस्य भएँ भन्नेबारे महासचिव ज्यूले जानकारी दिनुभयो। कहिलेसम्म काम सक्ने भन्नेबारे बुझ्न बाँकी नै छ।’

बिहीबार भएको छलफलमा ओलीले दाहाललाई अझ कार्यकारी अधिकार दिने, केन्द्रीय कमिटिलाई महाधिवेशन आयोजनक कमिटिमा रुपान्तरण गर्ने, आउँदो चैतमा महाधिवेशन गर्ने, आफूलाई पूरा कार्यकाल प्रधानमन्त्री बनाउनुपर्ने लगायतका प्रस्ताव पेश गरेका थिए।

प्रस्ताव पेश गर्दै ओलीले कार्यदल पनि बनाउन आग्रह गरेका थिए। उक्त प्रस्तावबारे अरु नेतारुसँग छलफल गरेर जवाफ दिने बताएर बालुवाटारबाट बाहिरएका दाहाल वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतसँग छलफल गरेर शुक्रबार बिहान ११ बजे बालुवाटार पुगेका थिए।

असार १० गते सुरु भएको स्थायी समिति बैठकमा दाहाल नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

ओलीले दुवै पदबाट राजीनामा नदिने अडान राखिरहेका छन् भने दाहाल नेपाल उनलाई प्रधानमन्त्री पदबाट हटाउने रणनीतिबाट अझै हटेका छैनन्।

असार १८ गतेदेखि स्थगित हुँदै आएको स्थायी समिति बैठक साउन १३ गते ओलीले एक पक्षीय रुपमा स्थगित गरेपछि अनिश्चित हुँदै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार