श्रावण ६, २०८२ मंगलबार July 22, 2025

वैदेशिक रोजगार विभागको काम स्थगन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ ।

विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरेको हो ।

विभागले संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवाहरूमध्ये इजाजतपत्र नवीकरणको निवेदन र प्रगति विवरण बुझ्ने तर नवीकरण भइसकेका इजाजतपत्र अर्को सूचना जारी भएपछि मात्र प्रदान गर्ने निर्णय गरेको छ ।

राहत, उद्धार र अनुसन्धान तथा मुद्दासँग सम्बन्धित उजुरी विभागको इमेलमार्फत मात्र लिने, उद्धार राहत सेवा लिन विभाग पुग्नैपर्ने भएमा अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने, विभागले प्रदान गर्ने सेवासम्बन्धी जानकारी लिन विभागको टेलिफोन प्रयोग गर्न पनि आग्रह गरेको छ ।

संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवामध्ये संस्था नवीकरणसम्बन्धी कार्य र वार्षिक प्रगति विवरण बुझ्ने कार्य मात्र गरिने विभागले जनाएको छ ।

नवीकरण भएको इजाजतपत्र भने अर्को सूचना जारी भएपछि मात्र वितरण गरिनेछ । यस्तै जुनसुकै सेवासम्बन्धी सोधपुछ तथा ताकेता इमेल तथा टेलिफोनमार्फत मात्र गर्न सकिने विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार