श्रावण ६, २०८२ मंगलबार July 22, 2025

धादिङ र ग्रामीण यातायातको अवैध धन्दा, स्थानीय प्रशासन मौन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना संक्रमणका कारण राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा स्थानीय प्रशासनले कडाई गरेपछि अहिले बाहिरबाट काठमाडौ आउनेहरु हिडेर प्रवेश गर्न थालेका छन । खास गरी धादिङबाट काठमाडौ आउनेहरुलाई धादिङ काठमाडौ रुटमा चल्ने बसहरुले फट्याई गर्न थालेका छन ।

धादिङ-काठमाडौ रुटमा चल्ने ग्रामीण यातायात र धादिङ यातायातले सदरमुकाय लगायतका क्षेत्रबाट यात्रुहरुलाई धादिङ–काठमाडौको सीमा क्षेत्र पीपलामोडमा ल्याएर यात्रुलाई ओराल्ने र उनीहरु हिडेर नागढुंगा पार गरेपछि महाशक्ती पेट्रोल पम्पबाट पुन काठमाडौ ल्याउने गरेको पाइएको छ । दुई यातायात कम्पनीका दैनिक ४० वटा भन्दा बढी बसले त्यसरी यात्रीलाई अबैध रुपमा काठमाडो छिराउने गरेका छन ।

प्रहरी प्रशासनलाई समेत गुमराहमा राखेर यातायात ब्यवसायीहरुले राजधानीमा कोरोना संक्रमण बढेपनि आफ्नो ब्यक्तिगत फाईदाको लागि अबैध रुपमा यात्रीलाई काठमाडौ पठाउने गरेका छन ।

दैनिक ५ सय भन्दा बढी मानिस अबैध रुपमा काठमाडौ प्रवेश गर्ने गरेका छन । प्रहरी प्रशासनले पनि हिडेर आएका ब्यक्तिलाई सामान्य सोधपुछ समेत नगरी छाड्ने गरेको छ ।

अबैध रुपमा धादिङका दुई यातायात ब्यवसायीले यात्री ल्याएको बिषयमा सम्पर्क राख्दा उनीहरुले अनभिज्ञता प्रकट गरे । हामीले कुनै पनि सार्वजनिक बसलाई नचलाउने भनेका छौ कसैले चलायो कि थाहा भएन ग्रामीण यातायात प्रालिको काउन्टरमा बसेका आफुलाई राम भण्डारी भन्ने ब्यक्तिले गैर जिम्मेवारी पूर्वक जवाफ दिए ।

काउन्टरले काठमाडौ सम्मको टिकट काटेर यात्रीहरुलाई काठमाडौ धादिङको सीमामा ल्याएर छाड्ने गरेको छ । राजधानीमा रहेका स्थानीय निकायका प्रमुखहरुको फोरमले समेत सरकारलाई राजधानी प्रवेशमा कडाई गरिदिन आग्रह गरेका थिए । काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बाहिरबाट आउने मानिसलाई नियन्त्रण नगर्ने हो भने राजधानीमा कोरोना संक्रमण भयावह हुने चेतावनी दिएका छन ।

हामीले आफैले पनि पटक पटक अनुगमन गरेका छौ तर सधै त्यहां बस्न संभव नभएकाले मानिसहरु सेटिङ गरेर राजधानी प्रवेश गर्ने गरेका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार