असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबिच शिष्टचार भेट

विश्वका सबै देशलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन राष्ट्रपतिको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १० गते। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गर्नुभएको छ। मंगलबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका युएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति कार्यालयमा बुधबार भेट गर्नुभएको हो।

भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै श्रोत साधन आवश्यक भएका देशलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न समेत अनुरोध गर्नुभयो।

उहाँले विश्व मञ्चहरुमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र  नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै नेपाल र संयुक्त अरब इमिरेट्सले पहाडी र तटीय मुलुकको रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको र जलवायु परिवर्तनबाट सिर्जित विपदले हाम्रो दूर्लभ श्रोतसाधनलाई प्रतिकुलता प्रदान गरेको उल्लेख गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लहकार किरण पोखरेलले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेलले संयुक्त अरब इमिरेट्समा चार लाख भन्दा बढी नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गरेको धन्यवाद दिदै भन्नुभयो, ‘संयुक्त अरब इमिरेट्स चार लाख भन्दा बढी नेपालीहरूको लागि दोस्रो घरको रुपमा रहेको छ। उनीहरूले दुई देशबिच जनस्तरको सम्बन्ध विस्तारका लागि जिवित पुलको रूपमा पनि काम गरिरहेका छन्। तपाईंको सुन्दर देशमा यति ठूलो संख्यामा नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।’

युएई नेपालको चौथो ठूलो व्यापारिक साझेदार देश भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘हाम्रो द्विपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने ठूलो सम्भावनामा निजी क्षेत्रको संलग्नतालाई हामीहरुले प्रोत्साहित गर्नुपर्छ। संयुक्त अरब इमिरेट्सका लगानीकर्तारूलाई कृषि, खानी, जलविद्युत, पूर्वाधार विकास, पर्यटन र आतिथ्य, सूचना प्रविधि र सेवा क्षेत्र जस्ता सम्भाव्य क्षेत्रहरूमा लगानी गर्न प्रोत्साहित गरिदिन अनुरोध गर्दछु।’

उहाँले गत महिना रमजानको पवित्र महिना र ईदको पर्वको पावन अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिने र रिहा गर्ने संयुक्त अरब इमिरेट्सको मैत्रीपूर्ण कदमको उच्च कदर गर्दै उक्त मानवीय कदमका लागि कृतज्ञता पनि व्यक्त गर्नुभयो।

उपप्रधानमन्त्री नाह्यानले जलवायु न्यायका सम्बन्धमा राष्ट्रपति पौडेलको भनाइको उच्च कदर गर्दै तथा ती भावनालाई मार्गदर्शनका रुपमा लिने बताउनुभयो।

‘जलवायु परिवर्तनका क्षेत्रका कार्यलाई कठिनाई भइरहेको छ। तर यो मानव सिर्जित समस्या हो र हामीले भावी सन्ततीलाई सुन्दर विश्व हस्तान्तरण गर्नैपर्छ’,  नाह्यानको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले बताउनुभयो।

उहाँले नेपाल र युएईबिच सहकार्यका धेरै संभावना रहेकाले यसका लागि प्रयत्नहरू जारी राख्नुपर्ने बताउँदै भन्नुभयो, ‘नेपाल र युएईबिचको सम्बन्धलाई उचाईमा पु¥याउने र प्रगाढ बनाउने प्रचुर संभावना छ। यसका लागि म युएई सरकारका तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार