श्रावण ७, २०८२ बुधबार July 23, 2025

‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’ – मुख्यमन्त्री आचार्य

रामपुर अस्पताल, रामपुर कपुरकोट सडक, रामपुरफाँट सिँचाइ आयोजनाका कामलाई क्रमशः अघि बढाउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामपुर (पाल्पा)।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयता कार्यान्वयन भएपछि विकास निर्माणलाई तीव्रतादिइएको बताउनुभएको छ । रामपुर सानाशहरी खानेपानीतथा सरसफाई उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उट्घाटन गर्नुहुँदै उहाँले २०७४ पछि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विकास निर्माणलाई तीव्रतादिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “उत्तर दक्षिण जोड्ने सडक कालीगण्डकी करिडोरले रामपुरको मात्र होइन सिङ्गो लुम्बिनी प्रदेशको भविष्य निर्माण गरेको छ ।” रामपुर अस्पताल, रामपुर कपुरकोट सडक, रामपुरफाँट सिँचाइ आयोजनाका कामलाई क्रमशः अघि बढाउने उहाँले बताउनुभयो ।

फरक विचार र आस्था भएपनि विकासको निम्ति एउटै पार्टी बन्न उहाँले आग्रह गर्नुभयो । दलले केही गरेनन् भन्नेलाई विगत र वर्तमानको विश्लेषण गर्नुपर्ने उहाँले बताउनुभयो । वर्तमान व्यवस्था र राजनैतिक दलले केही गरेन भन्ने भाष्यनिर्माण भइरहेको प्रतिलक्षित गर्दै उहाँले विगत र वर्तमान अवस्थाको विश्लेषण गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एवं नेकपा (एमाले)का संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले राजनैतिक स्थायित्वका लागि गठन भएको नेपाली कांग्रेस र एमालेको सरकार हल्लाको भरमा नढल्ने बताउनुभयो । लुम्बिनी प्रदेश अर्थ, उद्योग तथापर्यटन समितिका सभापति एवं रामपुर साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बढ्दो शहरको रूपमा रहेको रामपुरको खाने पानी आपूर्तिको लागि सङ्घीय सरकार खाने पानी मन्त्रालय, खाने पानी तथा ढल निकास विभागबाट सहलगानीमा सात हजार धारा सङ्ख्या पु¥याउने गरी रु ६२ करोड ७६ लाख ८९ हजार १८४ को कुल लगातमा आयोजना २०८२÷८३ भित्र कार्यान्वयनमा लैजाने निर्णय गरिएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले रामपुर साना शहरी खाने पानी अहिले भूमिगत पानीमा निर्भर रहेको बताउनुभएको छ । काली गण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता, वातावरणसँगै यहाँका खाने पानीका स्रोतमा प्रत्यक्ष असर पुग्ने भएकाले डाइभर्सन जुनसुकै हालतमा रोक्नु आवश्यक रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार