श्रावण १, २०८२ बिहिबार July 17, 2025

विज्ञप्तिका भरमा पार्टी चल्दैन : पूर्वमन्त्री बाँस्कोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले पार्टीका नेता-कार्यकर्ताको भावनासहित उहाँहरुको क्रियाशीलताले पार्टी चल्ने बताउनुभएको हो ।

“पार्टी विज्ञप्ति जारी गरेर होइन, जनताको बीचमा गएर पार्टीका गतिविधि देखाउनुपर्छ, अनि मात्रै पार्टीले गतिशीलता पाउँछ”, उहाँले भन्नुभयो । नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका नेता बाँस्कोटाले आफ्नै पार्टीभित्र निषेधको राजनीति नगरी खुल्लमखुला राजनीति गर्न चेतावनी समेत दिनुभएको छ ।

बाँस्कोटाले ठूलो पार्टीमा कहिलेकाहीँ समस्या देखिने स्वीकार्दै वर्तमान समस्या केही दिनमै हल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा पार्टीलाई कसैले दुर्घटनातर्फ लैजान सक्दैन, दुर्घटनामा जान कार्यकर्ताले कुनै पनि हालतमा अनुमति दिँदैनन् ।” नेकपाको वर्तमान सरकारमा युगिन अभिभारा भएको दाबी गर्दै उहाँले कोही पनि विचलित नहुन आग्रह गर्नुभयो ।

नेता बाँस्कोटाले यसअघिका सरकारले लिपुलेक र लिम्पियाधुराका विषयमा कुनै पनि विषय नउठाएको उल्लेख गर्दै नेकपाको सरकारले वास्तविक नक्सा जारी गरी भूमि फिर्ता ल्याउन भारत सरकारसँग वार्ता गर्ने विश्वास व्यक्त गर्नुभयो । “भारतसँग वार्ता शुरु भएको छ, हामी ढुक्क छौँ, राजनीतिक तवरले भूमि फिर्ता हुनेतर्फ सबै विश्वस्त बन्नुपर्छ”, उहाँले भन्नुभयो । अबको विकासले जनताको जीवनमा सकारात्मक प्रभाव हुनुपर्ने उहाँले बताउनुभयो ।

नेता बाँस्कोटाले संसारको सबै देश आफ्नो प्राकृतिक स्रोतसाधन तथा सीपले समृद्ध बनेको उल्लेख गर्दै नेपालले पनि सोही अनुशरण गर्दै विकासको सही दिशा पक्रेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अब युवाका लागि आफ्नै देशमा सीप र रोजगारी सिर्जना गर्दै जानुपर्दछ ।” उहाँले सरकारले विकासको आधार तय गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा दत्तचित्त रहेको बताउनुभयो ।

नेता बाँस्कोटाले अहिले केही गर्न नसकेको भनेर आलोचना गर्नेलाई सञ्चालन भइहेका र शुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले सरकारको आलोचकलाई जवाफ दिइरहेको दाबीसमेत गर्नुभयो । उहाँले सो अवसरमा नेपाली काँग्रेस पनौती नगर समितिमा आबद्ध क्रियाशील पार्टी सदस्य परित्याग गरी नेकपामा प्रवेश गर्ने १०४ जनालाई पार्टीको सदस्यता प्रदान गर्नुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईँ, पनौती नपाप्रमुख एवं नेकपा नेता भीमप्रसाद न्यौपाने, नगर उपप्रमुख गीता बञ्जारा, नेकपाका नेताहरु कुमार थापा, सुरेश हुमागाईँ र दैवलाल घिसिङ, विपिन लामालगायतले पार्टी सुदृढीकरण गर्दै एकतालाई सार्थकता दिन महाधिवेशनअगावै स्थानीय कमिटीसम्म नेतृत्व दिलाउन आग्रह गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार