असार २२, २०८२ आइतबार July 6, 2025

नेपाल भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुको विकल्प छैन- गणेशकुमार मण्डल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल भारत द्धिपक्षीय सम्बन्धमा समस्याहरू कहाँ छन् ?

हाम्रो नेपाल र भारतको सम्बन्ध जुगजुगदेखि चलिरहेको छ । इतिहासमै पहिलोपल्ट भारतले एकदमै सानो रूपमा सूचना आदानप्रदानको माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धमा आइसब्रेक हुने अवस्थाका संकेतहरू पाएको छु । भारतले स्वतन्त्रता दिवस १५ अगस्टमा नै किन मनाउँछ भने बेलायत जब भारतमाथि शासन गर्दै थियो, आजकै दिन हो, १४ अगस्ट राति ब्रिटिशले भारतलाई स्वतन्त्रता घोषणा गरेको थियो, भनेपछि भोलिपल्ट १५ अगस्टमा भारतले स्वतन्त्रता दिवस मनाउँछ । झण्डा फहराउने काम मात्र हुन्छ हाम्रोमा । स्वतन्त्रता दिवसमा भारतमा झण्डात्तोलन हुन्छ ।

नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन देखिएको छ नि ?

अहिलेसम्म नेपाल र भारतको बीचमा जे समस्याहरू थिए, त्यो एउटा लेभलमा नेपालका प्रधानमन्त्रीका केही कारणहरूले जुन कुराले भयोे, नेपाल र भारतका जनताका लेभलमा त्यो कुराहरू सरकारले चाहँदैमा नेपाल र भारतको जनताबीचको सम्बन्ध बिग्रिदैँन । हाम्रो लाइफलाइन भारतसँग जोडिएका छन् । प्राकृतिक लाइफलाइनको खिलाफमा गएर हामीले काम गर्न सक्दैनौँ । हामी यस्तो भूराजनीतिमा बाधिएको नेपाल, जतिसुकै जे गरेपनि भारतबाहेक अन्य देशसँग हाम्रो त्यो किसिमको सम्बन्ध हामी चाहेर पनि बनाउन सक्दैनौँ । मात्र सरकार होइन कि पार्टी पार्टीबीचको सम्बन्ध हुन्छ, भारतसँग । नागरिकबीचको सम्बन्ध हुन्छ । व्यापारिक सम्बन्ध छ । त्यसपछि बिहेवारीको सम्बन्ध छ । रोटीबेटीको सम्बन्ध छ । उस्तै उस्तै हावापानी भएको कारणले त्यसमा सम्बन्ध छ । अहिले महामारी भारतमा बढ्दाखेरि नेपालमा बढ्दो रहेछ ।

बहुआयामिक सम्बन्ध छ हामीबीच तर हामी कहाँ चुक्यौँ ? के कारणले सम्बन्ध चिसियो त ?

कहिलेकाहीँ सम्बन्धमा उतारचढाव हुन्छ । सम्बन्धमा दुबै तर्फबाट कमीकमजोरीहरू भएकै हुन् । भारतले पनि हिजो के गरेको थियो भने तपाई हामीलाई हेर्ने दृष्टिकोण छुट्टै किसिमको थियो । कर्मचारी लेभलबाट हेपाहा दृष्टिकोणबाट हेथ्र्यो, त्यो भारतको प्रचलनहरूबाट गल्ती भयो । नेपालले पनि के हुन्थ्यो भने जे भए पनि हामी मालिकजस्तो भारतलाई मान्थ्यौँ । त्यो हाम्रो गल्ती थियो । सहअस्तित्वको सम्बन्धलाई हामीले अगाडि बढाएका थिएनौँ । तपाई हाम्रो पुस्ताले यो कुरा राम्ररी बुझेका छन् । यो महत्वलाई त्यही किसिमले मानसम्मान र इज्जत अगाडि बढाउँछ ।

नेपाल र भारतको सम्बन्धमा अब वार्ता होला ? मोदी र ओलीको बीचमा ?

हरेक समस्याको समाधान भनेको वार्ता र संवाद नै हो । आज १५ अगस्ट भारतको स्वतन्त्रता दिवसमा नेपालको तर्फबाट प्रधानमन्त्रीज्युले शुभकामना दिनुहुन्छ । सायद टेलिफोनमार्फत वार्ता हुन्छ ।

उसो भए आजै मोदी र ओलीको बीचमा फोनवार्ता हुन्छ ? आइसब्रेक हुनसक्छ आज ?

मलाई लाग्छ, शुभकामना उहाँले दिँदाखेरि हुनसक्छ । केही बिग्रेकै छैन । के बिग्रेको छ ? विगतको इतिहासलाई हेर्ने हो भने आजको दिनमा शुभकामना आदानप्रदान हुने चलन हाम्रो रहेको छ । परम्परालाई हेर्दा आज हुनुपर्ने हो । दुबैको बीचमा टेलिफोन संवाद होस् । दुई देशबीचको सम्बन्ध अगाडि झन् सुध्रिएर जाओस् भनेर कामना गरौँ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार