श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

दुर्घटना न्यूनीकरण गर्न ‘ट्याक्टर बहस’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी, १५ वैशाख : सवारी दुर्घटना न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेशभर ‘ट्याक्टर बहस’ सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयले प्रदेशका नौ वटै जिल्लामा ‘ट्याक्टर बहस’ सुरु गरिएको जिल्ला प्रहरीका प्रवक्ता बलदेव बडूले जानकारी दिनुभयो ।

यो कार्यक्रम जनचेतनामूलक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग मिल्ने विश्वास छ ।” खास गरेर सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा जन्ती र मलामी बोक्दा ट्याक्टर दुर्घटना हुने गर्दछन् । त्यसैले ‘ट्याक्टर बहस’ सञ्चालन गरिएको हो । पछिल्लो समय पहाडी जिल्लामा सडक पहुँच पुगेका क्षेत्रमा जन्ती र मलामी ट्याक्टरमा बोक्दा दुर्घटना हुने गरेको छ ।

ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर पर्ने गरेकाले दुर्घटना न्यूनीकरण गर्न सो बहस सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताउनुभयो । यो बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिने गरिएको छ । उहाँले भन्नुभयो, “समान ढुवानी गर्ने ट्याक्टरमा मान्छे बोक्नु हुन्न भन्ने सन्देश दिन र दुर्घटना न्यूनीकरणका लागि यो बहस सञ्चालन गरेका हौँ ।”

अवैध रुपमा उत्खनन गरिएका नदीजन्य पदार्थको ढुवानी समेत ट्याक्टर प्रयोग हुने गरेको पाइएकाले त्यस्ता वस्तुहरु ढुवानी नगर्न प्रहरीले बहसमार्फत सचेत गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार