काठमाण्डाैंः सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-७ का एक युवकको हत्या गरिएको छ ।
बिहीबार साँझ स्थानीयवासी २१ वर्षीय गुनराज यादवको धरिलो हतियार प्रहार गरी हत्या गरेर सुनसरी खोलामा फ्याँिकएको अवस्थामा आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यादवलाई हत्या गरेर हातखुट्टा डोरीले शव बाँधेर बोराभित्र ढुङ्गा राखेर फ्याँकेको अवस्थामा इनरुवा-९ र भोक्राहा नरसिंह गाउँपालिका-५ को सीमामा रहेको सुनसरी खोलामा फ्याँकिएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो ।
हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया