श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ वैशाख : विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर पारेर बौद्धमा विविध कार्यक्रम गरी मनाइने भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समिति तथा अन्य बौद्ध सङ्घसंस्थाको समन्वयमा बौद्ध महास्तूपाको अस्तुसहित विश्व शान्ति यात्रा आरम्भ गरी सर्वसाधारणलाई यही वैशाख २९ गते दर्शनको व्यवस्था गरिनेछ । बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरिएको वस्तुलाई अस्तु धातु भनिन्छ ।

स्थानीय परम्परागत रुपमा प्रचलित जात्रा तथा पर्व व्यवस्थापन गरिने संस्कार तथा परम्पराअनुरुप पौराणिक बुद्ध मूर्तिको ¥यालीसहित बुद्धको ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर फैलाइने समितिले जनाएको छ । बुद्ध जयन्तीको दिन बौद्धमा आउने दर्शनार्थीलाई चैत्य दर्शन तथा पूजाको व्यवस्था तथा प्रसाद वितरण गरिनेछ ।

बौद्ध तामाङ कल्याण गुठीलगायत विभिन्न सङ्घसंस्थालाई समेटिएर पवित्र धार्मिक क्षेत्र बौद्धनाथबाट एकसाथ शान्तिको सन्देश दिन खोजिएको धर्म गुरु भूपतिबज्र लामाले बताउनुभयो । प्राचीन समयदेखि पूजापाठ तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि गुठीले पाएको अधिकारको प्रयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

‘मेरो जन्म अरूका लागि’ मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा विश्वभरि मनाउन उहाँले आह्वान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार