असार २१, २०८२ शनिबार July 5, 2025

कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गर्नुभएको छ ।

सांसद कठायतले कम्तीमा कुल पुँजीगत बजेटको १५ प्रतिशत कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारमा विनियोजन गरिनुपर्ने बताउनुभयो । बैठकको विशेष समयमा उहाँले भन्नुभयो, “कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम भएको छ । राज्यका निकायमा कर्णालीका नागरिकको नियुक्ति खोइ ? कर्णालीमैत्री नीति तथा कानुन निर्माण आवश्यक छ ।”

सांसद महेन्द्र राय यादवले शिक्षकहरुका मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनले विद्यार्थीको पढाइ प्रभावित बनेको छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ ।” कवाडी व्यवसायमा संलग्नको रोजगारी र शान्ति सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार