श्रावण ७, २०८२ बुधबार July 23, 2025

‘मेरा काका चाउ एनलाई’ नेपाली संस्करणको विमोचन

पुस्तक विमोचन कार्यक्रमले नेपाल–चीन सम्बन्धमा चाउ एनलाईको योगदानलाई पुनः स्मरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १८ गते । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंस्थित बेल्ट एन्ड रोड पुस्तकालयमा ‘माइ अंकल चाउ एनलाई’ को नेपाली संस्करण ‘मेरा काका चाउ एनलाई’ पुस्तक विमोचन गरिएको छ।

पूर्व चिनियाँ प्रधानमन्त्री चाउ एनलाईकी नातिनी चाउ रोंग, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन, चाइना स्टडी सेन्टरका महासचिव डा. उपेन्द्र गौतम, अनुवादक अजय शर्मा, र सम्पादक तथा प्रकाशक किरण गौतमले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभयो।

कार्यक्रममा वाङ सीनले प्रधानमन्त्री चाउको नेपाल–चीन सम्बन्ध विकासमा पुर्‍याएको ऐतिहासिक योगदानको स्मरण गर्दै पुस्तकलाई ‘हिमालपारको आत्मिक पुल’को संज्ञा दिनुभयो। उहाँले सन् १९५७ र १९६० का चाउ एनलाईको नेपाल भ्रमण, सगरमाथा–चोमोङ्मा सीमा समाधान लगायतका प्रसङ्गहरूलाई उल्लेख गर्नुभयो।

चाउ एनलाईकी नातिनी चाउ रोंगले नेपालमा प्राप्त आत्मीय स्वागतप्रति आभार प्रकट गर्दै आफ्नो परिवारको नेपालप्रतिको आत्मीय सम्बन्धका बारेमा अनुभव सुनाउनुभयो।

चाइना स्टडी सेन्टरका डा. उपेन्द्र गौतमले चाउको कूटनीतिक योगदानलाई हिमालय क्षेत्रको भू–राजनीतिक सन्दर्भमा जोड्दै विश्लेषण गर्नुभयो।

सम्पादक तथा प्रकाशक किरण गौतमले पुस्तक प्रकाशनको पृष्ठभूमिबारे चर्चा गर्दै दुई वर्षअघिको चाउको पुण्यतिथिमा नेपाल पोस्टको १९७६ जनवरी ११ को अङ्क विच्याटमार्फत मिस याङसँग सम्पर्क भएको र त्यसैबाट अनुवाद कार्यको थालनी भएको बताउनुभयो। उहाँले सन् १९५७ मा पशुपतिनाथ मन्दिर प्रवेशका क्रममा चाउलाई विशेष अनुमति दिइएको र उनले पाँच सय भारतीय रुपियाँ दान दिएको संस्मरण पनि सुनाउनुभयो।

अनुवादक अजय शर्माले अनुवाद कार्यलाई भावनात्मक र बौद्धिक यात्रा ठहर गर्दै चाउलाई सहृदय र गम्भीर व्यक्तित्वका रूपमा अनुभव गरेको बताउनुभयो। उहाँले पुस्तक अनुवाद केवल भाषिक कार्य नभएर दुई मुलुकबीचको सांस्कृतिक सेतु निर्माणको अवसर भएको धारणा राख्नुभयो।

पुस्तक विमोचन कार्यक्रमले नेपाल–चीन सम्बन्धमा चाउ एनलाईको योगदानलाई पुनः स्मरण गराउँदै पारस्परिक विश्वास, सम्मान र मित्रताको सन्देश दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार