असार २१, २०८२ शनिबार July 5, 2025

विदेशका नेपालीलाई साझा सोचका साथ अघि बढ्न उपसभापति खड्काको आग्रह

विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख १८ गते । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा काँग्रेसले साहसिक निर्णय लिएकाले मुलुकले आर्थिक रुपमा फड्को मारेको बताउनु भएको छ ।

नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले २०४६ सालपछिको मुलुकमा धेरै परिवर्तन भएको उल्लेख गर्नुभएको हो । उहाँले विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले व्यवस्था गरेबमोजिमको नागरिकता ऐन ल्याइएको जानकारी दिँदै संसारभर रहेका नेपालीलाई साझा सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

उपसभापति खड्काले जनसम्पर्क समितिका समस्या र विदेशमा रहेका हरेक नेपालीको समस्या सुन्न आपूmहरु तयार रहेको बताउनुभयो । उहाँले संसारमा छरिएर रहेका नेपाली निराश नभएको भन्दै हरेक कदम सकारात्मकतातर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गल्ती भएका कुराहरुमा आपूmहरु सुध्रिन तयार रहेकोसमेत दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘मध्यपूर्वको भ्रमणका क्रममा आफूले परराष्ट्र, श्रम मन्त्रालयलगायतका सम्बन्धित मन्त्रालयसँग र सम्बन्धित मुलुकका मन्त्रालयहरुमा तत्काल परिचालन गरी दुतावासहरुमा पैसासमेत पठाएर सुधारका कामहरु गरिएको थियो । वर्तमान परराष्ट्रमन्त्रीले पनि विदेशमा कार्यरत नेपालीहरुको सहजताका लागि काम गर्नुभएको छ । संसारमा छरिएर रहेका नेपाली निराश छैनन् । नेपाल बनाउनुपर्छ भन्ने मन मुटुमा बोकेर विदेशमा रहेका नेपाली लागि परेका छन् ।

विदेश तथा स्वदेशमा भएका युवाहरुमा रहेको निराशाको समाधानका लागि आफुहरु काम गर्न तयार छौं । यसमा नेपाली काँग्रेस निराशा चिर्न जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्न पछि पर्दैन । काँग्रेसले स्थायित्व र संविधान निर्माणका विषयमा पनि गम्भीरतापूर्वक काम गरिरहेको छ । साथै, अहिले संविधान संशोधन गरेरै भएपनि सबै दललाई मिलाएर लिएर जाने र संसारका नेपालीलाई समेत एकसाथ लिएर हिड्ने जिम्मेवारीपनि कांग्रेसले नै लिन्छ । त्यसैले, प्रमुख प्रतिपक्षी दलहरुले अफवाह फैलाउने काम गरिरहेकोले त्यसलाई समेत चिर्न काँग्रेसले भुमिका खेल्नेछ ।’’

उहाँले मुलुकका समस्या समाधान गर्न विदेशमा रहेका नेपाली र मुलुकभित्र रहेका नेता तथा युवा जमातले प्रतिवाद गर्दै एकभएर अघि बढ्ने समय आएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार