श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेकपा विवादः कार्यदलको सुझावका आधारमा समाधान खोजिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक किचलो ६ सदस्यीय कार्यदलमार्फत समाधान हुने भएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदल बनाउने सहमति भएसँगै नेकपाको विवाद अन्ततः समाधान हुने भएको हो ।

डेढ महिनादेखि जारी विवाद समाधानका लागि दुवै अध्यक्षले कार्यदलले दिने सुझावलाई मानेर अगाडि बढ्ने जनाएका छन् । ओली र प्रचण्डबीच दर्जनौंपटक भएको भेटवार्तामार्फत निकास निस्कन नसकेपछि कार्यदलमार्फत समस्याको समाधान खोजिएको छ । नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले सहमतिको खाका तयार पार्ने काम अगाडि बढाएको छ ।

शनिबार बसेको कार्यदलको बैठकले पार्टी एकतालाई थप बलियो बनाएर लैजाने गरी खाका तयार गर्ने काम अगाडि बढाएको कार्यदलका एक सदस्यले बताए । उनका अनुसार वैचारिक विवाद धेरै ठूलो नभएकाले पार्टीभित्र देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने संस्थागत रुपमा पार्टी सञ्चालन गर्ने गरी खाका तयार पार्ने काम भइरहेको छ ।

ओली र प्रचण्डलाई वार्तामा बस्न दबाब दिने नेताहरु नै कार्यदलको सदस्य रहेका कारण केही दिनभित्र नै समस्या समाधान हुने बताइएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र समाधान हुने एक टेलिभिन कार्यक्रममार्फत सार्वजनिक भएको तीन दिनभित्र नै डेड महिनादेखि हुन नसकिरहेको समस्या समाधानको काम अगाडि बढेको छ ।

ओली र प्रचण्डबीच महाधविशेनसम्म अध्यक्ष र प्रधानमन्त्री ओलीले रहने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डले लिने सहमति भएको छ । पार्टी विभाजनको डिलमा पुगेपछि उपाध्यक्ष वामदेव गौतमले सहमतिको छबुँदे खाका अगाडि सार्नुभएको थियो ।

नेकपाका एक नेताका अनुसार गौतमले अगाडि सारेको खाकालाई नै आधार बनाएर दुई अध्यक्षबीच सहमति भएको बताइएको छ । तर औपचारिका सहमति भने कार्यदलले प्रतिवेदन दिएपछि मात्र हुनेछ । संवैधानिक नियुक्ति गर्नेदेखि सरकार सञ्चालन गर्दा प्रधानमन्त्री ओलीले पार्टीसँग समन्वय गरेर मात्र गर्ने सहमति पनि अध्यक्षद्वयको बीचमा भएको स्रोतको दाबी छ ।

बिहीबार भएको भेट वार्तामा चैतमा महाधिवेशन गर्ने, सहमतिकै आधारमा सरकार तथा पार्टी सञ्चालन गर्ने, मन्त्रिपरिषद् पुनर्गठन, मुख्यमन्त्रीहरु हेरफेरसमेत गर्न सकिने ओलीले प्रस्ताव गर्नुभएको थियो ।

ओली र प्रचण्डबीच छ सदस्य कार्यदल गठन गरेर पार्टीको विवाद हल गर्ने सहमति भए पनि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने प्रचण्डसँग असन्तुष्टि जनाएका छन् । खनाल, नेपाल र श्रेष्ठले अध्यक्ष एवं प्रधानमन्त्री दुईमध्ये एक पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानबाट प्रचण्ड पछाडि हटेको भन्दै असन्तुष्टि जनाएको बताइएको छ ।

कार्यदलको प्रतिवेदन दिएपछि सहमति कायम गरेर अगाडि बढ्ने समझदारी ओली र प्रचण्डको बीचमा भएको छ । छ सदस्यीय कार्यदलमा महासचिव पौडेल, भीम रावल, शकंर पोखरेल जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहनुभएको छ । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार