असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रपति पौडेलसँग अजरबैजानका उप-विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

भेटवार्तामा दुवै पक्षले व्यापार, पर्यटन, जलवायु परिवर्तन तथा अन्य सम्भावित क्षेत्रमा सहकार्य विस्तार गर्ने बिषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १९ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उप–विदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन्। आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा विशेष चर्चा भएको थियो।

राष्ट्रपति पौडेलले अजरबैजानसँगको सम्बन्धमा हालै आएको सकारात्मक प्रगतिप्रति खुसी व्यक्त गर्दै आपसी सहकार्यलाई अझ मजबुत बनाउने दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले वातावरणसम्बन्धी विश्व सम्मेलन कोप–२९ (COP-29) मा अजरबैजान भ्रमणको स्मरण गर्दै उक्त भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउने विश्वास व्यक्त गरे।

उप–विदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपेको उल्लेख गरे। उनले विगत ३० वर्षको अन्तरालमा कुनै औपचारिक समझदारी पत्रमा हस्ताक्षर नभएको तथ्य उल्लेख गर्दै अब चाँडै कुनै न कुनै समझदारीपत्र (MoU) मा हस्ताक्षर हुने गरी तयारी भइरहेको जानकारी दिए।

भेटवार्तामा दुवै पक्षले व्यापार, पर्यटन, जलवायु परिवर्तन तथा अन्य सम्भावित क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसरहरू पहिचान गर्दै आगामी दिनमा दुवै देशबीचको सम्बन्धलाई अझ घनिष्ट बनाउने प्रतिबद्धता जनाएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार