श्रावण ७, २०८२ बुधबार July 23, 2025

महिला बेचबिखन तथा ओसारपसरामा शून्य सहनशीलता अपनाइने

महिलाको सर्वाङ्गीण उत्थान र सवलीकरणमा विशेष ध्यान दिने नीति तथा कार्यक्रममा उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ वैशाखः सरकारले महिलाविरुद्ध हुने शोषण, हिंसा र भेदभाव अन्त्य गर्ने उद्देश्यले महिला बेचबिखन तथा ओसारपसारमा शून्य सहनशीलता अपनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो ।

राष्ट्रपति पौडेले भन्नुभयो, “मानव बेचबिखन तथा ओसारपसारमा शून्य सहनशीलता अपनाउँदै लैङ्गिक हिंसापीडितका लागि तत्काल संरक्षण, उद्धार र मनोसामाजिक परामर्श र न्यायिक निरुपण र पीडकलाई कडा कारबाही गरी पीडितको समाजमा पुनःस्थापना गरिनेछ ।”

महिलाको सर्वाङ्गीण उत्थान र सवलीकरणमा विशेष ध्यान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया