श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकारयाम सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाग्लुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र शिकार भएको छ ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गएको माघ १५ गते शिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार गर्ने अनुमति दिएको थियो ।

शिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी ६ वटा कम्पनीले अनुमति पाएका थिए ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका शिकारी ढोरपाटन शिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडीलगायत ब्लकमा पुगेका थिए ।

ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार, चैत २६ गतेदेखि शिकारी ढोरपाटन आएका थिए ।

शिकारीले सुनदह ब्लकमा दुई नाउर र दुई झारल, घुस्तुङ ब्लकमा तीन नाउर र तीन झारल, दोगाडी ब्लकमा चार नाउर र एक झारल, फागुने ब्लकमा एक नाउर र एक झारल र बार्सेमा एक नाउरको शिकार गरेका थिए ।

ढोरपाटनमा हरेक वर्ष (असोज–मङ्सिर) पहिलो र (फागुन–वैशाख) दोस्रो याममा शिकार हुने गर्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार