श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

लिफ्टिङमार्फत काभ्रेगाउँमा ‘एक घर, एक धारा’

लिफ्टिङमार्फत पानी तानेर गाउँमा छ हजार र आठ हजार लिटरको दुई वटा धारा ट्याङ्की निर्माण गरी गाउँमा पानी वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढोरपाटन (बागलुङ), २० वैशाखः बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ ।

लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो । घर–घरमा धारा बनेपछि स्थानीयवासी खुसी भएका छन् ।

लिफ्टिङमार्फत पानी तानेर गाउँमा छ हजार र आठ हजार लिटरको दुई वटा धारा ट्याङ्की निर्माण गरी गाउँमा पानी वितरण गरिएको छ । बागलुङ नगरपालिकाको रु आठ लाख ८४ हजार ६९०, नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को रु ११ लाख ७३ हजार ५० र जन श्रमनाद रु चार लाख दुई हजार ९६० गरी कुल रु २४ लाख ६० हजार ७०० लागतमा एक घर एक धार निर्माण भएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले यस गाउँमा लामो समयदेखि खानेपानीको चरम अभाव हुँदा बागलुङ नगरपालिकासँगको सहकार्यमा एक घर, एक धारा निर्माण गरेको बताउनुभयो । गत साउन १५ गतेदेखि सुरु भएको योजना यही वैशाख १५ गते सकिएको सम्पन्न भएको उहाँको भनाइ छ । २१ घरमा धारा जडान गरेपछि अहिले पानी आउन थालेको कोइराला बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यो गाउँमा धेरै पहिलेदेखि नै खाने पानीको समस्या रहेछ, अहिले हरेकको घरमा धारा बनेका छन्, लामो समय खाने पानीको अभाव भोगेका स्थानीय अहिले खुसी भएका छन्, निकै मेहनतका साथ जनश्रमदान पनि गरे, लिफ्टिङमार्फत पानी तानेर गाउँमा पु¥याएका छौँ, अब त्यहाँका स्थानीयले पहिलेको जस्तो समस्या भोग्नुपर्ने छैन ।”

काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजानकी कोषाध्यक्ष मनरूपा देवी रिजालले गाउँ खानेपानीको हाहाकार हुँदा दैनिकी प्रभावित हुने गरेको बताउनुभयो । करिब एक दशकदेखि गाउँका तीन वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उहाँको भनाइ छ । विहानमा मात्रै धारामा पानी आउँदा दुई दिनका लागि भरेर राख्नुपर्ने समस्या भोगेको भन्दै घर–घरमा धारा बनेपछि दैनिकीनै फेरिन थालेको उहाँले बताउनुभयो ।

“यो गाउँको सबैभन्दा ठूलो समस्या खानेपानी थियो, यसपाली बल्ल समाधान भयो, जनश्रमदान पनि ग¥यौँ, नगरपालिका र नेवाले ठूला सहयोग गरे, यसभन्दा अगाडि तीन वटा धाराबाट गाउँभरीका मान्छेले पानी भर्नुपथ्र्यो” उहाँले भन्नुभयो, “विहानमा एकछिन मात्रै पानी आउँथ्यो, त्यही पनि नियमित हुँदैन्थ्यो, बारीमा तरकारी लगानउन, वस्तुभाउलाई खुवाउन र सरसफाइमा निकै समस्या थियो, अब त पानी घरमै आयो धेरै सजिलो हुने भयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार