श्रावण ७, २०८२ बुधबार July 23, 2025

कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै

चालु आर्थिक वर्षको तालिम कार्यक्रम शुभारम्भ गरिन् उपप्रमुख सुनिता डङ्गोलले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ वैशाख : काठमाडौँ महानगरपालिकाले थप ११ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ शुभारम्भ गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा १५ वटा वडा सो कार्यक्रम सुरु गरिएको थियो । यसवर्ष ११ वटा वडा थपिएका हुन् । अब छवटा वडामा कार्यक्रम कार्यान्वयन हुन बाँकी रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । आज राष्ट्रिय सभागृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले, गत आर्थिक वर्षमा उद्यमी बन्नुभएका सहभागी र प्रशिक्षकलाई प्रमाणपत्र वितरण गर्दै चालु आर्थिक वर्षको तालिम कार्यक्रम शुभारम्भ गर्नुभएको हो ।

उहाँले, उत्पादित सामानको बजारीकरणका लागि वडास्तरीय कोसेलीघर स्थापना गरिएको जानकारी दिनुभयो । गत वर्ष कामपाको वडा नं १ र ३० को नमूना उद्यम गुन्द्रुक र मस्यौरा थियो भने वडा नं २ को मस्यौरा र तितौरा, वडा नं ३ र ४ को फेल्टको सामान, वडा नंं ५ को सेरामिक्सका सामान बनाउने, वडा नं ७ को क्रिष्टल तथा पोतेको गहना बनाउने उद्यम थिए ।

त्यसैगरी वडा नं ८ मा दुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नं ९ मा रुद्राक्षको माला र धुप बनाउने, वडा नं. १० मा मस्यौरा र अचार बनाउने, वडा नं १२ मा सुकुल बनाउने, वडा नं १६ मा काष्ठकला, वडा नं २१ मा कटाँकी मूर्ति कुँद्ने, वडा नं २२ मा जुत्ता बनाउने, वडा नं २४ मा मखमलका सजावटका सामान बनाउने र वडा नं ३२ मा अचार बनाउने उद्यम सञ्चालनमा छन् ।

यस वर्ष थालिएका ११ वटा वडाहरू वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन् । यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मरीचरी (मिठाइका परिकार) उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, सचिका (धागो), सुर्के थैली र रिबनका फूल बनाउने, पपेट बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबीसेट र गाउन सिलाउने, यमरी, फ्रोजन मःमसहित खाद्यवस्तु उत्पादन र छालाको जुत्ता तयार गर्ने उद्यम सञ्चालन गरिने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार