श्रावण ७, २०८२ बुधबार July 23, 2025

‘सैन्य गठबन्धनमा संलग्न हुँदैनौं, सबैसँग मित्रता हाम्रो मूल नीति हो’ : प्रधानमन्त्री ओली

विपक्षीले झूट बोलेर जनतामा अन्यौल सिर्जना गर्न खोज्छन्, सही कुरामा पनि दृढताका साथ उभिन सक्नुपर्छ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको स्रोत जनता नै भएको र यही सिद्दान्तलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।

शनिबार बालुवाटारमा बसेको नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, न्याय, र अन्तर्राष्ट्रिय दायित्वप्रति सरकार प्रतिबद्ध रहेको बताए।

“हामी मानवतावादी दृष्टिकोणसहित अघि बढ्छौं,” प्रधानमन्त्री ओलीले भने, “देशभित्र र बाहिर दुबैतर्फ शान्तिको पक्षमा उभिन्छौं। मानव जातिले हासिल गरेका उपलब्धिहरुको न्यायोचित वितरण हुनुपर्छ।”

उनले सुमधुर छिमेकी सम्बन्धलाई प्राथमिकता दिइने स्पष्ट पारे। असंलग्न आन्दोलनका सिद्धान्तअनुसार नेपालले कुनै सैन्य गठबन्धनमा संलग्न नहुने भन्दै सबैसँग मित्रता र कसैसँग शत्रुता नराख्ने नीति दोहोर्याए।

“हाम्रो मूल नीति भनेको सम्मानजनक र लाभदायी सम्बन्ध विकास गर्नु हो,” उनले भने, “राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्छौं।”

प्रधानमन्त्री ओलीले हालै प्रस्तुत गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रमको पक्षमा एमाले सांसदहरुलाई दृढ भएर उभिन निर्देशन दिए। उनले सो कार्यक्रम व्यवसाय प्रवर्द्धन तथा स्पष्ट नीतिगत दिशा दिनेसमेत बताए।

उनले विपक्षी दलहरूले सत्यताबाट विचलित हुने प्रयास गरिरहेको आरोप लगाए। “विपक्षीले झूट बोलेर जनतामा अन्यौल सिर्जना गर्न खोज्छन्,” उनले भने, “तर हामी सत्यको पक्षमा छौं। सही कुरामा पनि दृढताका साथ उभिन सक्नुपर्छ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया