असार २१, २०८२ शनिबार July 5, 2025

मधेश प्रदेशसभामा तीन संरचनाको शिलान्यास

प्रदेशसभाको मुख्य प्राङ्गणमा निर्माण हुने पानीको फोहोरा भवनको आकर्षण केन्द्र बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर (धनुषा), २० वैशाखः मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले आज प्रदेशसभा परिसरको सौन्दर्यकरण तथा पूर्वाधार विकास योजनाअन्तर्गत तीन संरचनाको शिलान्यास गर्नुभएको छ । पानीको फोहोरा (फाउन्टेन), प्रदेशसभाको मुख्यद्वार र अन्य सहायक प्रवेशद्वारहरूको निर्माण गर्नेगरी आज शिलान्यास गरिएको हो ।

सभामुख मण्डलले भन्नुभयो, “प्रदेशसभा जनप्रतिनिधिको काम गर्ने स्थान मात्र नभई मधेश प्रदेशको पहिचान झल्काउने गरिमायुक्त स्थल पनि हो । त्यसैले यसको भौतिक स्वरूप पनि त्यही स्तरको हुनु आवश्यक छ ।”

प्रदेशसभाको संरचना भवनमा सीमित हुन नहुने भन्दै यसको वातावरण, प्रवेशद्वार तथा बाहिरी स्वरूप पनि आमनागरिकले सम्मानपूर्वक हेर्नेगरी बनाइनु आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सौन्दर्यकरणका यी प्रयासहरूले प्रदेशसभाको गरिमा बढाउनाका साथै जनतासँगको सम्बन्ध अझ आत्मीय बनाउने विश्वास लिएको छु ।”

सभामुख मण्डलका अनुसार प्रदेशसभाको मुख्य प्राङ्गणमा निर्माण हुने पानीको फोहोरा भवनको आकर्षण केन्द्र बन्नेछ । यो फोहोरा आधुनिक प्रविधिसहितको निर्माण हुने जनाउँदै उहाँले यसले साँझको समयमा आधुनिक बत्तीको उज्यालो र ध्वनिको संयोजनमार्फत थप सौन्दर्य दिन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभाको मुख्यद्वार मधेशको सांस्कृतिक शैली र वास्तुकलालाई झल्काउने गरी निर्माण गरिनेछ । यसले एकातिर पारम्परिक मूल्य झल्काउने छभने अर्कातर्फ आधुनिक प्रदेशको पहिचान पनि दिने सभामुखले विचार व्यक्त गर्नुभयो ।

निर्माणलाई गुणस्तरीय र समयमा सम्पन्न गरिने उद्देश्यसहित योजना अघि बढाइएको भन्दै आवश्यक बजेट सुनिश्चित भइसकेको उहाँले जानकारी दिनुभयो । सभामुख मण्डलले प्रदेश सरकार र निर्माण व्यवसायीलाई पारदर्शिता, जवाफदेहिता र गुणस्तरियता कायम गर्न आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार