काठमाडौं, २१ वैशाख। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाटन संयुक्त क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) निकट रोहित कपाली नेतृत्वको प्यानलले बहुमतसहित विजयी भएको छ।
अध्यक्ष पदमा कपालीले ९०६ मत प्राप्त गरी सहज जित हात पारेका छन्। उनका मुख्य प्रतिस्पर्धी तीलकबहादुर कुमालले ३६५ मत प्राप्त गरेका छन् भने दीपक कुमार रानामगरले १५३ मतमा सीमित भए। अन्य आठ उम्मेदवारमध्ये कसैले पनि सय मत नकटाएको निर्वाचन समितिले जनाएको छ।
सचिव पदमा नेविसंघका रुपक न्यौपाने ५४७ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नितिन पाण्डेयले ४८६ र टीकाराम खत्रीले ४५६ मत प्राप्त गरेका थिए।
त्यस्तै कोषाध्यक्ष पदमा प्रज्वल तामाङ ५९२ मत ल्याउँदै विजयी भए।
स्ववियु निर्वाचनका अन्य पदाधिकारीहरूको नतिजा भने औपचारिक रूपमा सार्वजनिक हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
नेविसंघ प्यानलको यस विजयसँगै पाटन संयुक्त क्याम्पसमा लामो समयपछि उनीहरूको पकड बलियो भएको विश्लेषण गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया