असार २१, २०८२ शनिबार July 5, 2025

चारवटा संसदीय समितिको बैठक एकैसाथ बस्दै

सार्वजनिक लेखा समितिको बैठकमा भने दुइ वटा अजेन्डामा छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। संघीय संसदका ४ वटा समितिका बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ।

जसअनुसार अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग  छलफल हुने भएको छ। जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भने समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफल हुने भएको छ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १०ः३० बजे बोलाइएको छ। जुन बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको बिकासमा सिंचाई, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, उर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल हुनेछ।

उता, सार्वजनिक लेखा समितिको बैठकमा भने दुइ वटा अजेन्डामा छलफल हुँदैछ। जसअनुसार सालेसको २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा तथा उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा थप निर्णय हुनेछ। जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार