श्रावण ७, २०८२ बुधबार July 23, 2025

ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त राज्य मन्त्री गर्बुजालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालमा नवनियुक्त राज्य मन्त्री गर्बुजालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

गत बैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरिएकाे थियाे, जसको ५ दिन पछि आज पद तथा गोपनीयताको सपथ भएकाे हाे । गत १९ बैशाखमा पद तथा गाेपनियताकाे सपथ हुने भनिए पनि अन्तिम समयमा स्थगित भएकाे थियाे । जाे आज भएकाे हाे ।

गत वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्य मन्त्री कान्छाराम तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । उनी बर्खास्तीमा परे पछि रिक्त रहेको पदमा नेपाली कांग्रेसका सिफारिसमा गर्बुजा नियुक्त भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया