श्रावण ७, २०८२ बुधबार July 23, 2025

प्रधानमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा कुराकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।

आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव पर्ने र सन्दर्भमा पनि कुराकारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया