श्रावण ७, २०८२ बुधबार July 23, 2025

मधेस प्रदेशमा भाेली सार्वजनिक बिदा

वैशाख २३ गते मङ्गलवार जानकी नवमी (सीता जयन्ती) मा विदा दिने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित बिदामा थप गरेको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मङ्गलवार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया