असार २१, २०८२ शनिबार July 5, 2025

किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युको छानबिन गर्न संसदीय समितिको निर्देशन

विश्वविद्यालयमा भएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले किट विश्वविद्यालयमा भएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज (सोमबार) बसेको बैठकले छानबिन गर्न भनेको हो ।

‘भारतको किट विश्वविद्यालयमा प्रीसा साहको मृत्युमा समितिको श्रद्धाञ्जली । यस प्रकारको घटना पटक पटक भइरहेको छ । सो को कारण पत्ता लगाइ । यस प्रकारको घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराउँछ,’ समिति सभापति अम्बर बहादुर थापाले भने ।

यसअघि समिति सदस्य देवेन्द्र पौडेलले विश्वविद्यालयमा भइ रहेको घटनाको छानबिन गर्न माग गरेका थिए ।

‘के भएको हो अनुसन्धान हुँदै छ भन्ने सूचना आएको छ । कीटमा १२ सय नेपाली छन् भन्ने सूचना आएको छ । दुई जना छात्रका मृत्यु भएको छ । छानबिनको माग गर्दछु,’ पौडेलले भने ।

शिक्षामन्त्री रघुजी पन्तले छानबिन भइ रहेको बताए ।

‘यो घटना हुन साथ परराष्ट्र मार्फत बुझ्न भनेको छु । त्यो विश्वविद्यालयमा कति विद्यार्थी छन तथ्यांक छैन । सबैले एनओसी लिएर गएको छैन । बोर्डर खुल्ला छ । यो युनिभर्सिटीमा कुन कुन एजेन्सीले पठाउने गरेको छ । किन घटना भयो छलफल गर्न निर्देशन दिएको छु,’ मन्त्री पन्तले समितिमा भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार