श्रावण ७, २०८२ बुधबार July 23, 2025

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

हालसम्म चार हजारभन्दा बढी सुत्केरी तथा गर्भवतीले सुविधा पाइसके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा । सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमश: प्रत्येक महिनाको २२ गतेका दिन कार्यक्रमअन्तर्गत पोषण वितरण गरिँदै आइएको हो ।

सोही अनुसार सोमबार वडा नं २२ का ४० जना गर्भवती तथा सात जना सुत्केरी गरी ४७ जनालाई एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेशप्रसाद चौधरीले पोषणका सामग्री वितरण गर्नुभयो ।

स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएका प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने बच्चा स्वस्थ होस् भन्ने उद्देश्यले गर्भवती तथा सुत्केरीलाई कार्यक्रममार्फत पोषण वितरण सुरु गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

“सुत्केरी अवस्थामा अतिविपन्न परिवारका महिलाले पोषिलो खानेकुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यमा पनि समस्या हुने जोखिम रहन्छ । त्यसलाई रोक्न थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरका हौँ”, उहाँले भन्नुभयो, “अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।”

स्वास्थ्य संस्थामा नियमित जाँच गर्ने सुत्केरी तथा गर्भवतीलाई कार्यक्रममार्फत पोषण सामग्री वितरण गर्ने नीतिका कारण सुविधा पाएसँगै अहिले स्वस्थ्य संस्थामा नियमित जाँच गर्नेको सङ्ख्या बढ्दै गएको नगरपालिकाकी सिनियर अनमी रिता यादवले बताउनुभयो ।

उहाँका अनुसार यस कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी सुत्केरी तथा गर्भवतीले सुविधा पाइसकेका छन् । कार्यक्रमअन्तर्गत चामल, दाल, नुन, तेल, चना, सोयाविनलगायत पौष्टिक आहार र खाद्यान्न सामग्री वितरण गर्ने गरिएको उहाँको भनाइ छ ।

नगरभित्र विपन्न तथा दलितको जनसङ्ख्या उल्लेख्य भएकाले यहाँका सुत्केरी तथा गर्भवतीको पोषणको अवस्था सुधारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख चौधरीले बताउनुभयो । पोषण सामग्री प्राप्त गरेसँगै गर्भवती तथा सुत्केरीले खुसी भएका उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार