काठमाडौं। संघीय संसद्को दुवै सदनको बैठक आज (मंगलबार) पनि बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक सवा १२ बजे बस्नेछ।
प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम आज पनि चल्नेछ।
यस्तै, राष्ट्रियसभाको बैठकमा पनि सोही नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। आजको कार्यसूचीअनुसार छलफलपछि सुझावहरू दिने कार्य सम्पन्न गरिनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया