श्रावण ७, २०८२ बुधबार July 23, 2025

बागमती प्रदेशमा भोलि (बुधबार) सार्वजनिक बिदा

प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेश सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा वैशाख २४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।

प्रदेश राजपत्रको खण्ड ८ संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको उनले जानकारी दिइन । प्रदेश सरकारले चैत १८ मा बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदासहित क्यालेन्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो । गत वर्ष वैशाख २४ गते काठमाडौंको बसन्तपुरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याउने कार्यक्रमको उद्घाटन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया