कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सेयर बजारमा सामान्य सुधार : ८ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री र रिडी पावर कम्पनीको सेयर मूल्य नौ प्रतिशत बृद्धी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः लगातारको पाँच दिनको गिरावटपछि सेयर बजारमा सामान्य सुधार आएको छ । लगातार पाँच कारोबार दिन घटेपछि मंगलबार भने सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२६ अंकले बढेर २६१४.६७ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से ९.९८ अंक र आइतबार ३.४४ अंकले घटेको थियो । यस्तै, गत साताको सोमबार नेप्से १४.५३ अंक, मंगलबार १५.०८ अंक र बुधबार ८.१४ अंकले घटेको थियो ।

आज नेप्सेमा कुल ८ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल ७ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ । नेपाल माइक्रो इन्स्यारेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री र रिडी पावर कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । मंगलबार जलविद्युत् समूहको सेयर मूल्यमा १.५४ प्रतिशत र व्यापार समूहको सेयर मूल्यमा २.०७ प्रतिशतको सुधार आउँदा फाइनान्स समूहमा १.१० प्रतिशतको गिरावट आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार