काठमाडौँ, वैशाख २३। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रक महाशाखाले स्नातकोत्तर तह प्रथम सेमेस्टर (M.Ed. र MSSEd) को परीक्षा फाराम अनिवार्य रूपमा असार ५ गतेभित्र बुझाउन सूचित गरेको छ।
शैक्षिक सत्र २०८० सालको प्रथम सेमेस्टरका नियमित तथा आंशिक परीक्षार्थीहरूका लागि परीक्षा फाराम अनलाइन प्रणालीमार्फत भर्ने व्यवस्था गरिएको हो। संकायले प्रकाशित सूचनामा भद्रगोल र ढिलाइ हुने परम्परालाई अन्त्य गर्दै तोकिएको मितिभित्रै फाराम बुझाउन सम्पूर्ण क्याम्पस, विभाग, विद्यालयहरूलाई निर्देशन दिएको छ।
अनलाइन फाराम विश्वविद्यालयको वेबसाइट tufoc.edu.np बाट प्राप्त गरी भरिनेछ। नियमित परीक्षा फाराम शुल्क रू. १५०० तोकिएको छ भने ढिला शुल्कसहित फाराम बुझाउनुपर्ने परीक्षार्थीले रू. ३५०० बुझाउनु पर्नेछ।
परीक्षा नियन्त्रण महाशाखाका अनुसार, अनलाइन फाराममा देखिएको विवरण विभागीय प्रमुख वा प्राचार्यले प्रमाणित (Verify) गर्नु पर्नेछ। साथै, समयमै फाराम नपरेमा परीक्षा दिन नपाइने पनि स्पष्ट गरिएको छ।
सूचनामा सबै सम्बन्धित निकायलाई अनलाइन फाराम प्रणालीप्रति गम्भीरता देखाउन आग्रह गरिएको छ। परीक्षा सम्बन्धी सम्पूर्ण जानकारी संकायको वेबसाइट र सूचना पाटीमा हेर्न सकिने उक्त सूचनामा उल्लेख छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया