श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्रधानमन्त्रीले वैशाख २८ गते राष्ट्रिय सभामा सम्बोधन गर्ने

ति तथा कार्यक्रममाथि सांसदहरूले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराउनुभएको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरूले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरूले बोल्ने क्रम नसकिएकोले आगामी बैठकमा समेत छलफल जारी रहने र सम्माननीय प्रधानमन्त्रीज्युबाट जवाफ दिने गरी निर्धारण गरिएको बेहोरा जानकारी गराउँछ । राष्ट्रियसभाको अर्को बैठक २०८२ साल वैशाख २८ गते आइतबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्ने गरी यो बैठक यहीँ स्थगित हुने छ ।’’

राष्ट्रियसभाको अर्को बैठक वैशाख २८ गते आइतबार दिउँसो सवा १ बजे बस्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार