श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कोशी प्रदेशको बजेट अधिवेशन जेठ ४ गते आह्वान

अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । कोशी प्रदेश सरकारले आगामी जेठ ४ गते दिउँसो २ बजेबाट प्रदेश सभाको सातौं (वर्खे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिइन्।

बैठकले अन्य महत्त्वपूर्ण निर्णय पनि गरेको छ। स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीबारे प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय भएको उनले जनाइन्।

यसैगरी, सुनसरी जिल्लाको कोशी गाउँपालिकाको केन्द्र स्थान हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

त्यस्तै, ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ।

प्रदेश सरकारले हालै सम्पन्न प्रदेश लगानी सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिने प्रस्ताव पनि पारित गरेको छ। वैशाख १८ र १९ गते सम्पन्न सम्मेलनलाई भव्य बनाउने सम्पूर्ण पक्षप्रति प्रदेश सरकार कृतज्ञ रहेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार