असार २२, २०८२ आइतबार July 6, 2025

गोरखापत्र इतिहास र परिवर्तनको दस्तावेज हो : उपराष्ट्रपति यादव

गोरखापत्र पत्रकारिताको धरोहर मात्र नभई नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्ताबेज रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २४ गते। उपराष्ट्रपति रामसहायप्रसाद यादवले गोरखापत्र इतिहास र परिवर्तनको दस्तावेज भएको बताउनुभएको छ। गोरखापत्र १२५ औँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो।

उहाँले भन्नुभएको छ, “गोरखापत्रले सरकार र आमनागरिकबिच सञ्चार सेतुका रूपमा कार्य गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र सामाजिक न्यायका पक्षमा तथा राष्ट्रिय एकताको प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।”

पराष्ट्रपति यादवले शुभकामना दिनुहुँदै मुलुकको पत्रकारिता क्षेत्रमा गौरवशाली र कालजयी पहिचान बोकेको ऐतिहासिक तथा प्रतिष्ठित प्रकाशन गोरखापत्र पत्रकारिताको धरोहर मात्र नभई नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्ताबेज रहेको बताउनुभएको छ।

एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो। गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो। पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो।

गोरखापत्र स्थापना दिवसकै अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपसभामुख विमला घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना दिनुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार