असार २१, २०८२ शनिबार July 5, 2025

पूर्वमन्त्री नेपालको निधनप्रति संसद्‍बाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभा सदस्यहरुले शोक व्यक्त गर्दै एक मिनेट मौन धारणा गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २४ वैशाख । प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो । बैठकले स्व नेपालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभा सदस्यहरुले शोक व्यक्त गर्दै एक मिनेट मौन धारणा गरेका थिए ।

पूर्वमन्त्री नेपाल नेपाली राजनीतिको एक महत्त्वपूर्ण व्यक्तित्व, नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा साहित्यकार थिए । उनको ७१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो ।

उनी पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी(एमाले)को तर्फबाट २०५० सालमा राष्ट्रियसभामा निर्वाचित भएका थिए । उनी विसं २०५६ मा काठमाडौँ जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार