श्रावण ७, २०८२ बुधबार July 23, 2025

मन्त्रिपरिषद् बैठक आज साँझ बस्दै

गभर्नर नियुक्त देखि भारत पाकिस्तानबीच बढ्दो तनावबारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक सरकारी निवास बालुवाटारमै बिहीबार साँझ बस्ने गरी बोलाएको हो ।

बिहीबारको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय मुख्य एजेण्डा भएको बुझिएको छ ।

बैठकमा भारत र पाकिस्तानबीच बढ्दो तनाव, आगामी आर्थिक वर्षको बजेट तयारी, सरकारका तर्फबाट हालसम्म भएका कार्यान्वयनका अवस्थाहरू र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बुझिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया