श्रावण ७, २०८२ बुधबार July 23, 2025

प्रधानमन्त्री ओली र सभापति देउवा सहित शिर्ष नेताबीच भेटवार्ता

दुवै दलका वरिष्ठ नेताहरू सहभागी भेटवार्ता मन्त्रिपरिषद् बैठकअघि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सत्तारूढ नेकपा एमाले र प्रमुख विपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच बालुवाटारमा महत्वपूर्ण भेटघाट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुवै दलका वरिष्ठ नेताहरू सहभागी भेटवार्ता मन्त्रिपरिषद् बैठकअघि भएको हो।

भेटमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा र प्रधानमन्त्रीका सल्लाहकारहरूको समेत सहभागिता रहेको स्रोतले जनाएको छ।

स्रोतअनुसार, भेटघाटमा समसामयिक राजनीतिक परिस्थितिका साथै आगामी सत्ता सहकार्य, बजेट निर्माण प्रक्रिया, र संवैधानिक निकायहरूको नियुक्तिबारे छलफल भएको छ। यद्यपि, औपचारिक रुपमा कुनै निर्णय सार्वजनिक गरिएको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया