श्रावण ७, २०८२ बुधबार July 23, 2025

गृहमन्त्री लेखकसँग भाजपा नेता भगतसिंह कोश्यारीको भेटवार्ता

नेपाल र भारतबीच सदियौँदेखि रहीआएको सम्बन्ध थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले शिष्टाचार भेट गरेका छन्।

भैंसीपाटीस्थित मन्त्री निवास पुगेर बिहीबार नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन्।

सो भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाविरुद्ध रहेको स्पष्ट पारे।

May be an image of 3 people and daisमन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे। नेपाल–भारतबीच रहिआएको सदियौँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित छलफल भएको उनले जानकारी दिए।

सो अवसरमा भारतीय नेता कोश्यारीले नेपाल र भारतबीच सदियौँदेखि रहीआएको सम्बन्ध थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया