काठमाण्डौं, वैशाख २६ गते । प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव सुरु भएको छ । रुरुक्षेत्र धाममा आयोजित प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव २०८२ को आज (शुक्रबार) एक समारोहकाबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो ।
नेपालका चार प्रमुख धार्मिक धामहरुमध्ये एक धाम रुरुक्षेत्रमा शालिग्राम दिवसको अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको बताइएको छ।
महोत्सवमा विविध धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रम समावेश गरिएको छ। रुरुक्षेत्र ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रुपमा महत्वपूर्ण स्थलमा आयोजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार भइ पर्यटनको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ। महोत्सव दुई दिनसम्म चल्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया