काठमाण्डौः लक्षणसहित कोरोना संक्रमण फैलिन थालेपछि वीरगञ्जमा काडाई गरिएको छ । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको पर्साको वीरगञ्जमा जारी निषेधाज्ञा आजबाट थप कडाई गरिएको हो ।
जसका लागि आजबाट सडकमा सेना परिचालन गरिएको छ । कोरोनाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सर्वसाधारणहरुमा संक्रमण बढिरहेको अवस्थामा मृत्युदर समेत बढेकोले पर्सामा थप कडाईका साथ निषेधाज्ञा लागू गरिएको हाे ।
हालसम्म पर्सामा कोरोना संक्रमितको संख्या १२ सय नाघिसकेको छ । वीरगञ्जको नारायणी अस्पतालको मातहतमा दुईवटा अस्थायी कोभिड अस्पताल सञ्चालनमा छन् । गण्डक अस्थायी कोभिड अस्पतालमा ६९ जना संक्रमितहरु उपचाररत छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया