श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री

पारस्परिक सहयोग बढाएर वन संरक्षण गर्दै आर्थिक समृद्धिको मार्ग अग्रसर हुन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २७ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई कडाइका साथ रोकिने बताउनुभएको छ ।

वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरुको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताउनुभयो ।

‘हरियो वन नेपालको धन’को नारा पुरानै भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा सङ्कल्प लिएका छौँ, वनको विनाश हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “वन क्षेत्रको संरक्षण हामीले बढाएका छौँ । अब यसको विस्तारमा भन्दा उत्पादनमा जानुपर्छ । वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्छ ।” हाल देशमा ४६ प्रतिशत भूभाग वनले ओगटेको छ ।

प्रधानमन्त्री ओलीले विश्वको वातावरणका लागि पनि योगदान गर्नुपर्ने वषय भएकाले अब वन सवलीकरण गर्ने र बुट्यानहरुलाई पनि सघन वनमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कृषि र वनको अधिकृत मिलेर फलफूलखेतीमा जोड दिन सकिने भन्दै उहाँले हिमाली भेगमा प्रशस्त जैतुनको खेती गर्न सकिने भएकाले पारस्परिक सहयोग बढाएर वन संरक्षण गर्दै आर्थिक समृद्धिको मार्ग अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले किसानहरुलाई पशुपालनमा प्रेरित गर्दा नवीकरणीय वनलाई सहयोग हुने र चरिचरजनको विस्तार गर्दा वन र कृषिको पर्यावरणलाई जोड्न सकिने बताउनुभयो ।

“मैले बाघको सङ्ख्या अब बढाउनु पर्दैनभन्दा वातावरणविरोधी भयो भनेर नबुझीकन टिप्पणी पनि गरियो । खान नपाएपछि उसउले मान्छेलाई आक्रमण गर्छ । फोटाका बाघ हेरेर यसले केही गर्दैन भनेर हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले अन्तरराष्ट्रिय प्रतिबद्धताबमोजिम दोब्बरभन्दा बढी सङ्ख्यामा बाघ संरक्षण गरेका छौँ । वनको छेउमा बस्नेलाई यसको पीरमर्का थाहा छ । वातावरणको संरक्षण मानव जातिका लागि हो । मानव जाति नै असुरक्षित भएर वातावरणको संरक्षण गर्न सकिँदैन ।”

प्रधानमन्त्री ओलीले पेरिस सम्झौता नमान्ने केही देश रहेको उल्लेख गर्दै विश्व समुदायसँगको सहकार्यमा सबै समाहित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यो महत्व आज बुझिएन भने भोलि बुझ्न ढिलो हुने लागेर मुलकले पहिलोपटक अन्तरराष्ट्रियस्तरको कूटनीतिक मञ्च ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार