श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘वनलाई आयआर्जनसँग जोड्नुपर्छ’: मन्त्री शाही

वन हरित पूर्वाधार, जीवन, जलवायु र अर्थतन्त्रको आधार भएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् ।

रेड कार्यान्वयन केन्द्रद्वारा आज आयोजित दोस्रो वन सम्वद्र्धन राष्ट्रिय गोष्ठीको उद्घाटनमा उनले वन व्यवस्थापनलाई आम्दानी, नवप्रवर्तन, ‘डिजिटल’ प्रविधि, बजार पहुँच, मूल्य शृङ्खला र स्थानीय रोजगारी सिर्जनासँग जोडिनुपर्ने बताए ।

‘सिल्भीकल्चर’को सिद्धान्त र अभ्यासद्वारा वन व्यवस्थापनलाई आयआर्जनसँग जोड्न सकिने विचार व्यक्त गर्दै मन्त्री शाहीले देशको वन क्षेत्रको समग्र सुधार र आगामी दशकको दिगो दिशा तय गर्न गोष्ठी उपयोगी हुने बताए । उनले भने, “वन क्षेत्रको वर्गीकरण, ‘थिनिङ’, कटानी, पुन:रोपण, प्रजातिको सन्तुलन, तथा ‘रोटेसन’लगायत वैज्ञानिक विधिको प्रयोगद्वारा उत्पादनशीलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिन्छ ।”

वन हरित पूर्वाधार, जीवन, जलवायु र अर्थतन्त्रको आधार भएको उल्लेख गर्दै मन्त्री शाहीले वनसम्बन्धी नीति, संरचना र मार्गदर्शनको स्पष्टताबाट वन क्षेत्रको उपयोगमा सरोकार भएका निकायहरूसँग सहकार्य गर्न सहज हुने बताए । उनले मुलुकमा पर्याप्त वन क्षेत्र भए पनि काठ र फर्निचर विदेशबाट आयात गरिरहनुपर्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार
नेप्से परिसूचकमा ८० अङ्कको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो
२०८२ श्रावण ६, मंगलबार