श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘बौद्ध धर्म दर्शन पालन गरौँ’: सञ्चारमन्त्री गुरुङ

बुद्धले देखाएको मार्गमा हिँड्न र उनले दिएको शिक्षा अनुसरण हुनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा गौतमबद्धका दर्शनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताएका छन् ।

सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दर्भिकता’ विषयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले गौतमबद्धले सिकाएको अहिंसा र शान्तिका माध्यमबाट नेपाललाई विश्व मञ्चमा चिनाउनुपर्ने बताए ।

कन्फुसियसले प्रतिपादन गरेको सिद्धान्तबाट चिनियाँ समाज उन्नत भएको, भारतमा पनि आयुर्वेद दर्शनको परिपालनले समुन्नति एवं सत्मार्गमा अग्रसर हुन धेरैलाई प्रेरित गरेको बताउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बुद्धले देखाएको मार्गमा हिँड्न र उनले दिएको शिक्षा अनुसरण हुनुपर्नेमा जोड दिए ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाल नै हिमाल भएको हाम्रो देशलाई पर्यापर्यटनका साथै उत्तम ढंगले अतिथिको सत्कार गरेर समृद्ध नेपाल निर्माणको सपना साकार तुल्याउन सकिने विचार व्यक्त गए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार