असार २१, २०८२ शनिबार July 5, 2025

संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको अपराह्न १ः१५ मा बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० वैशाखः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया