असार २२, २०८२ आइतबार July 6, 2025

सिटिइभिटीले जिपिए अंकका आधारमा विद्यार्थी भर्ना गर्ने

आङ्गिक र सम्बन्धनप्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा प्राप्त गरेको ‘जिपिए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त ‘जिपिए’का आधारमा भर्ना गर्न लागेको हो ।

सिटिइभिटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिकसत्रबाट जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने जानकारी दिए । उनले भने, ‘अब विद्यार्थीले सिटिइभिटीअन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिनु पर्दैन ।’ प्रवेश परीक्षा लिइँदा विभिन्न नकारात्मक हल्ला फैलिएपछि जिपिएलाई आधार बनाएर विद्यार्थी भर्ना गर्न लागिएको उनले बताए ।

कतिपय पूर्वतयारी कक्षा चलाउनेहरूले विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण गराउने जनाउँदै रकम लिएको गुनासोसमेत आएको जनाउँदै उनले अब यस्तो समस्या नहुने स्पष्ट पारे । सिटिइभिटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका २०८२ तयार गरी कार्यान्वयनमा ल्याएको हो । उक्त निर्देशिकामा एसइई परीक्षामा प्राप्त जिपिएका आधारमा योग्यताक्रम सूची तय गर्ने व्यवस्था गरिएको छ ।

उनका अनुसार सरकारी वा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्णलाई थप अङ्कभारबापत एक र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अङ्कभार वापत ०‍.८५ दिने व्यवस्था गरिएको छ । सिटिइभिटीले पढ्न चाहने विद्यार्थीका लागि अनलाइनमार्फत फारम भर्ने व्यवस्थासमेत गरेको छ ।

आङ्गिक र सम्बन्धनप्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण गर्नेछन् । निजी कलेजहरूले यसअघि नै ग्रेडका आधारमा भर्ना गर्न माग गर्दै आएका थिए । देशभर ६३ आङ्गिक र प्रतिष्ठान एवं निजी गरी चार सयभन्दा बढी कलेज रहेका छन् । ती कलेजमा २५ हजारभन्दा बढी नयाँ विद्यार्थी हरेक वर्ष भर्ना हुने गरेको परीक्षा नियन्त्रक मिश्रले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार