श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सहकारीहरू मर्यादित र व्यवस्थित हुन आवश्यक छः मन्त्री अधिकारी

देशब्यापीरुपमा असल सन्देश प्रवाह गर्न सहकारी संस्थाहरूलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीहरू मर्यादित र व्यवस्थित हुन आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेश स्तरीय बचत तथा ऋण सहकारी संस्था (साकोस) गोष्ठीलाई आज बिहान नेपालगञ्जमा सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले पछिल्लो समय सबै सहकारी खराब छन् भन्ने भाष्य बनेकोले त्यसलाई खण्डन गरेर देशब्यापीरुपमा असल सन्देश प्रवाह गर्न सहकारी संस्थाहरूलाई आग्रह गर्नुभयो ।

वित्तीय अनुशासन कायम गर्दै गुमेको जनविश्वास फर्काउन सहकारीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा उहाँको जोड छ । देशको तीन खम्बे नीति अन्तर्गत सहकारी महत्वपूर्ण हिस्सा भएको भन्दै उहाँले समुन्नत समाज निर्माणमा सहकारीहरूले अहम् भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । मन्त्री अधिकारीले सहकारीहरूको अनुगमन गर्न बनेको सहकारी प्राधिकरणलाई प्रभावकारी ढंगले काम गर्ने गरी परिचालित गरिने बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा आयोजित गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बचत तथा ऋण सहकारी संस्थाहरूको सहभागिता छ । उद्घाटन सत्र नेफ्स्कून केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कून बोर्ड सदस्य दिप्ती शाहीले गर्नुभएको थियो ।

सहकारी संस्थाहरूको दिगो विकासका साथै साकोस अभियानलाई नयाँ उचाई प्रदान गर्ने अभिप्रायले गोष्ठी आयोजना गरिएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार गोष्ठीमा सहकारी क्षेत्रका साझा चुनौती र सम्भावनाका विषयमा गहन छलफल र अन्तरक्रिया गरिनेछ ।नबीन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार